मानव अधिकार आयोगको द्रुत अनुगमन
वि.सं.२०७७ असोज २२ बिहीवार १८:१६
2.2K
shares
रामेछाप: राष्ट्रिय मानव अधिकार आयोगको टोलिले रामेछाप जिल्लामा द्रुत अनुगमन गरेको छ । कोभिड १९ का कारण मानव अधिकारको अवस्थामा भएको असरका बारेमा बुझ्नकालागि आयोगले रामेछाप जिल्लामा द्रुत अनुगमन गरेको हो ।
आयोगका सदस्य सुदिप पाठकको नेत्रित्वमा विहिबार रामेछाप आइपुगेको अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी, पत्रकार, मानव अधिकार कर्मी, प्रहरी प्रमुख लगायतका व्यक्तिहरु संग भेटेर जिल्लाको मानव अधिकरको अबस्थाका बारेमा जानकारी लिएको थियो ।
अनुगमन टोलिसंगको छलफलमा बोल्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जिल्लामा आइसोलेसन, क्वारेन्टाइन, राहत वितरण तथा अन्य चेतना मुलक कार्यक्रम संचालन गरेर कोरोना रोकथामकालागि महत्वपूर्ण काम गरेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले अहिलेको असामान्य अबस्थामा मानव अधिकारको अबस्था बुझ्नकालागि आयोगले केहि जिल्लाहरुमा मात्र द्रुत अनुगमन गरेको बताउनु भयो ।
वि.सं.२०७७ असोज २२ बिहीवार १८:१६




















