YouTube Link

प्रहरी आचरण संहिता बारे घुम्ती अनुशिक्षण कार्यक्रमको शुरूवात

Facebook Link

काठमाडौं:  प्रहरी कार्वाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचरण संहिता बारे घुम्ती अनुशिक्षण कार्यक्रमको शुरूवात गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय मातहत प्रहरी कर्मचारीहरूलाई सचेत र सजक बनाउने उद्धेश्यले आजबाट व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड, मानवअधिकार, प्रहरी आचरण संहिता र महामारीको समयमा प्रहरी कार्बाही विषयक १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको शुरूवात गरिएको हाे ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नागरिकको हक अधिकारलाई सम्मान गर्दै प्रहरीले व्यवसायिक जिम्मेवारी गर्नुपर्ने बताउनुभयो

प्रहरी नायव महानिरीक्षक पोखरेलले फिल्डमा खटिएका प्रहरीका समस्या,गुनासो र व्यक्तिगत स्वास्थ्य सुरक्षा मापडण्ढ पालना गर्दै उच्चतम व्यवसायिक क्षमता प्रर्दशन गर्नुपर्ने र नागरिकले अपेक्षा गरे अनुरूप शिष्ट व्यवहार गरी मानव अधिकारको सम्मान गर्नुपर्ने बताउनु भयाे ।

महादेवस्थान पार्टी प्यालेस कोटेश्वरमा भएको कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले महानगरीय प्रहरीको अवधारणा,आधुनिक तथा  Smart policing  को बिषयमा अनुशिक्षण प्रदान गर्नुभएकाे छ ।

प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले नेपाल प्रहरीको आचरण संहिताबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त बानेश्वरअर्न्तगतका सिनिय प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जा  समेत गरी ६० जनाको सहभागी रहेको थियो ।  

त्यसै गरी महानगरीय प्रहरी वृत्त सिहंदरबार अर्न्तगतका सिनिय प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जा  समेत ५१ जनालाई कार्की बैंकुट बबरमहलमा उल्लेखित विषयमा आजै अनुशिक्षण प्रदान गरीएको थियो ।  

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...