YouTube Link

पोखरा नछोड्न भन्दै डेलिगेशनमा आउँदै कास्की कांग्रेस नेताहरु

Facebook Link

 

काठमाडौं: चितवनको भरतपुर महानगरपालिका छोड्ने खबर फैलिएपछि शशंकित बनेका नेपाली कांग्रेस कास्कीका नेताहरु पोखरा महानगरपालिका नछोड्न दबाब दिन काठमाडौ उत्रिने भएका  छन् ।

 

पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेशनका लागि काठमाडौं आउने भएका हुन् ।

 

पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने बताईएको छ ।

 

समाजवादीको पहिलो रोजाइ नै पोखरा हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ ।

 

अघिल्लो निर्वाचनमा १३ हजार ७ सय २ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए ।

 

अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४ सय १६ मत ल्याएको थियो ।

 

यसपटक पोखरामा ३९ हजार ६ सय ४५ मतदाता थपिएका छन् । नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ ।

 

सोही कारण देखाउँदै गठबन्धनको सबैभन्दा ठूलो दलको हिसाबमा पोखरा कांग्रेसले छोड्न नहुने दबाब दिन कास्की कांग्रेस नेतृत्व काठमाडौं आएका हुन् ।

 

चितवनको भरपुर महानगर माओवादी केन्द्रले नछोडेको जस्तै पोखरामा समाजवादीले नछोड्ने स्थिति देखिएको छ ।

 

कांग्रेस पोखरा महानगर सचिव गणेश बहादुर थापाका अनुसार कांग्रेस कास्की सभापति किशोरदत्त बरालको समन्वयमा प्रदेश मन्त्री विन्दुकुमार थापासहित वरिष्ठ नेता, कास्की जिल्ला कार्यसमिति, क्षेत्रीय र प्रदेश सभापति, महानगर पदाधिकारी, कांग्रेसको तर्फबाट पोखरा महानगरका लागि मेयर तथा उपमेयरका आकांक्षीलगायत व्यक्तिहरु काठमाडौं आउँदैछन् ।

 

उनीहरुले पार्टी  सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिका कुनै हालतमा नछोड्न दबाब दिने कार्यक्रम रहेको छ  ।

 

गठबन्धन गर्ने केन्द्रको निणर्यले कांग्रेसले नै नेतृत्व नपाउने हो कि भन्ने अन्योलताबीच सबै आकांक्षीसहितको टोली राजधानी जाने र दबाब दिने कार्यक्रम छ । यता एमालेले मंगलबार नै महानगरको उमेदवार सिफारिस गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...