YouTube Link

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

Facebook Link

काठमाडौं: सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ कार्यक्रम शुरु गरेको छ । अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रमको थालेको हो ।

 

विशेषगरी विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीको पोषण स्थिति सुधार्न यो परियोजना शुरु गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन् । यूएसएआईडीको ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयनमा आएको यो परियोजना ५ वर्षसम्म रहने बताइएको छ । नेपालका ७ प्रदेशका ४८ जिल्लाका सबै ४९८ स्थानीय तहहरूमा कार्यान्वयन हुने यो तेस्रो परियोजनाले बहु-क्षेत्रीय पोषण योजनाका लक्ष्य प्राप्त गर्न सरकारका तीनै तहसँग समन्वय गरी काम गर्ने बताइएको छ ।

 

परियोजनाको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पछिल्लो दशकमा मातृ तथा बाल पोषण सुधारमा प्रगति भएपनि दिगो विकास लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेकाले यो परियोजना शुरु गरिएको बताए । उनले भने‚ “यूएसएआईडी र नेपाल सरकारबीचको यो नयाँ सहकार्यले हामीलाई निरोगी पुस्ता बनाउने लक्ष्य प्राप्तिमा सघाउनेछ ।”

 

यूएसएआईडी एकीकृत पोषण परियोजनाले घरपरिवार तथा समुदाय स्तरमा स्वास्थ्य, पोषण र स्वच्छता अभ्यासहरू सुधार गर्न, स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर वृद्धि गर्न र पोषिलो तथा विविधतापूर्ण खानामा सिमान्तकृत समुदायको पहुँच बढाउन शासकीय सुधार गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग काम गर्नेछ। नेपालमा विस २०६९ देखि बहु-क्षेत्रीय पोषण योजना लागू भई कार्यान्वयन भइरहेको छ । यता नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टले  नेपालमा जन्मिएका ५ वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा एनिमियाको समस्या रहेको देखाएको थियो ।

 

यतिमात्रै नभएर हाल नेपालमा रहेका १० देखि १९ वर्षमुनिका किशोरकिशोरीमा पनि पर्याप्त मात्रामा पोषण अभाव रहेको देखाएको छ । रिपोर्टले १० देखि १९ वर्षका किशोरकिशोरीमा २५ प्रतिशतमा उमेर अनुसारको तौल नभएको (दुब्लोपना) को समस्यासमेत देखाएको थियो । किशोरकिशोरीमा पर्याप्त पोषण नभएको देखिएपछि मन्त्रालयले १० देखि १९ वर्षका किशोरीमा २५ प्रतिशतमा उमेरअनुसारको तौल नभएको र धेरैमा एनेमियाको पनि समस्या पाइएकाले हाल हरेक स्कुलमा किशोरीलाई फोलिक एसिड चक्की वितरण गरिन थालिएको छ । गर्भवतीलाई पनि नि:शुल्क फोलिक एसिड चक्की दिने गरिएको छ । गर्भावस्थामा १४५ ट्याब्लेट फोलिक एसिड खानुपर्ने र यो सबै नि:शुल्क मन्त्रालयले उपलब्ध गराएको जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...