YouTube Link

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि कानुन प्रभावकारी बनाउन एनएमएको देशव्यापी कार्यक्रम सुरु

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल चिकित्सक संघ (एनएमए)ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन देशव्यापी रुपमा प्रचारप्रसार कार्यक्रम सुरु गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा देशका विभिन्न २१ स्थानमा बहुपक्षीय छलफल र कानुनको प्रचारप्रसार कार्यक्रम सुरु गरेको हो ।

 

संघले पहिलो कार्यक्रम काठमाडौंबाट सुरु गरेको छ । संघको कार्यालयमा मंगलबार कानुन कार्यान्वयनको अवस्था, प्रभावकारी कार्यान्वयनमा नआउदा भइरहेका घटना, कानुनका विषयमा आम नागरिक तथा सरोकारवाला निकायमा भएको जानकारी, भोलिका दिनमा कसरी कानुनको प्रभावकारी कार्यान्वयन गर्ने लगायकता विषयमा बहुपक्षीय छलफल कार्यक्रम गरेको छ ।

 

छलफल कार्यक्रममा महान्याधिवक्ताको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, प्रहरी, जनप्रतिनिधि, अस्पतालका प्रतिनिधिहरु, चिकित्सक, संघका पूर्व अध्यक्षहरु, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो । छलफलमा अधिकांशले गृह प्रशासनले कानुनको प्रभावकारी कार्यान्वयन नगरेको भन्दै प्रश्न गरेका थिए ।

 

सो अवसरमा गृहका उपसचिव कुल बहादुर जिसीले कानुन कार्यन्वयनका लागि गृह प्रशासन सदैव तयार रहेको जानकारी दिए । उनले कानुनका विषयमा अझै पनि धेरैभन्दा धेरैलाई बुझाउन आवश्यक रहेकोमा जोड दिए । चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले राज्यले कानुनको प्रभावकारी कार्यान्वयनका लागि कदम नचाल्दा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढीरहेको बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउँदै सुरक्षित वातावरणमा काम गर्ने अवस्थाका लागि ऐनका विषयमा देशव्यापी प्रचासप्रसारको काम अगाडि बढाएको जानकारी दिए ।

 

संघले देशका विभिन्न २१ स्थामना बहुपक्षीय छलफल कार्यक्रम गर्ने छ । प्रदेश अनुसार कोशीमा विराटनगर, धरान र झापामा, मधेश प्रदेशमा वीरगन्ज, जनकपुर, लाहान र राजविराजमा, बागमती प्रदेशमा काठमाडौं, काभ्रेपलाञ्चोक, हेटौंडा र भरतपुरमा प्रचारप्रसार कार्यक्रम हुँदैछ । यस्तै, गण्डकी प्रदेशमा पोखरा, तनहुँ नवलपुरमा, लुम्बिनी प्रदेशमा बुटवल, नेपालगञ्ज र दाङमा, कर्णाली प्रदेशमा जुम्ला र सुर्खेतमा र सुदूरपश्चिम प्रदेशमा धनगढी र महेन्द्रनगरमा कार्यक्रम हुने संघका महासचिव डा सञ्जिब तिवारीले जानकारी दिए ।

 

डा तिवारीका अनुसार देशभरका चिकित्सक, सुरक्षाकर्मी, न्यायिक अंगका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलसंग आवद्ध व्यक्तित्वहरु, वकिल लगायत सर्वसाधारण जनसमुदायमाझ व्यापक प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि हुने गरेको सांघातिक आक्रमण, स्वास्थ्य संस्थामा हुने गरेको तोडफोड तथा हुलहुज्जत, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्स्थामा हुने गरेका अमानवीय घटनाक्रमहरु निरन्तर रूपमा बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न २०६६ सालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ आएको थियो। चिकित्सक संघको निरन्तरको प्रयासपछि उक्त ऐन २०७९ सालमा पहिलो पटक संशोधन भएर थप कडा बनाइएको थियो । ऐनमा स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...