YouTube Link

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गता, विश्वका ४६ करोड मानिसमा श्रवण समस्या

Facebook Link

 

काठमाडौं: सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपालले विश्व श्रवण दिवसका अवसरमा जनचेतनामुलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोसाइटीका अध्यक्ष प्रा.डा. दिपेन्द्र श्रेष्ठ र महासचिव डा. योगेश न्यौपानेले विज्ञप्ती जारी गर्दै बहिरोपनाको समस्याबाट जोगाउन आम अभिभावक तथा सर्वसाधारणले के के कुरामा ध्यान दिने भनेर जानकारी गराएका छन् ।

 

बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ । विश्व स्वास्थ्य संघको २०१८ को तथ्याङ्क अनुसार संसारभर ४६ करोड (६.१५ प्रतिशत) मानिसहरुमा श्रवण अशक्तता अर्थात बहिरोपनाको समस्या छ । केही वर्ष अगाडिको तथ्याङ्क अनुसार नेपालमा १५५ बहिरोपन विद्यमान छ, त्यसमध्ये धेरै जसो बहिरोपन रोकथाम गर्न सकिन्छ । सोसाइटीले नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी रहेको उल्लेख गरेको छ ।

 

यसैबीच सोसाइटीले विश्व श्रवण दिवसको सन्दर्भ पारेर आम अभिभावक तथा सर्वसाधारणका लागि सन्देश जारी गर्दै बहिरोपन रोकथाम गर्न केही कुराहरुमा ध्यान दिनुपर्ने बताएको छ । अध्यक्ष प्रा.डा. श्रेष्ठ र महासचिव डा. न्यौपानेद्वारा हस्ताक्षरित सन्देशमा बहिरोपन रोकथाम गर्नको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्ने उल्लेख छ ।

 

ध्यान दिनुपर्ने कुराहरु:

१. संक्रमणबाट कानलाई बचाउँनुपर्दछ । कान पाकिहाले नजिकैको चिकित्सकसगँ सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भईरहेमा मध्य कानमा असर पर्दछ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउँनको लागि आमाको दुध खुवाउने, दुध खुवाउदा बसालेर खुवाउने, घर वरिपरि पाईने ताजा खानेकुरा खुवाउने र जड़ फुड नखुवाउने गर्नुपर्दछ । यस्तै रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनु पर्दछ र निको नभएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानु पर्दछ ।

 

२. कानलाई चोटपटकबाट बचाउँनु पर्दछ । कान कोट्याउदा कानको जालीमा असर पर्दछ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हुँदैन भन्ने कुरा जनमानसमा सिकाउँनु पर्दछ ।

 

३. बच्चामा सुनाई सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सक सम्म पुर्‍याई उनीहरुको सल्लाह लिनु पर्दछ ।

 

४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन ।

 

५. गर्भवती भएको पहिलो तिन महिनासम्म आफु खुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्दछ । गर्भवती आमाले जाँडरक्सी र चूरोट सेवन गर्नुहुँदैन ।

 

६. आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्दछ ।

 

७. सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउँनु हुँदैन । गाडिको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउँनु हुँदैन ।

 

८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन। गर्नै परे चर्को सुन्नु हुँदैन ।

 

९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउँनु पर्दछ । यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परिक्षण गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

 

१०. श्रवण शक्तिलाई कसरी बचाउँन सकिन्छ, श्रवण शक्तिको ह्रास भईहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटो भन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्ने बारे सर्वसाधारणलाई विभिन्न माध्यामबाट शिक्षा दिनुपर्दछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...