बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित
वि.सं.२०८० फागुन २० आइतवार १५:२४
3.7K
shares
काठमाडौं: बाल साहित्यकार तथा चित्रकार आध्या वैदेही शाहको पुस्तक ‘डबल ट्रबल’ विमोचन गरिएको छ । शनिबार पाटन संग्रहालयमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिले उक्त पुस्तकको विमोचन गरेका हुन् ।
कक्षा ७ मा अध्ययनरत ११ बर्षीया आध्याले लेखेकी बालमनोविज्ञानमा आधारित कथालाई चित्र मार्फत दिदीबहिनीलाई बाबुआमाले गर्ने मायामा सानीलाई बढी माया गर्ने र ठूलो बच्चालाई तनाब हुने दर्शाइएको छ । बिमोचन कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिले बाबुआमाले सहयोगले उनीहरुको प्रतिभा बाहिर निकाल्न सहज हुने बताए ।

पुस्तकको समिक्षा गर्दै नेपाल बाल साहित्य समाजका उपाध्यक्ष नवराज रिजालले पुस्तकले बालबालिकाहरु दिइने मायालाई बालबालिकाहरुले बुझ्ने शैलीको विषयमा जोडिएर लेखिएको बताए । ७ वटा फरक सन्दर्भमा सानो नानीले गर्दा ठूली नानीलाई हुने समस्यामा अर्को सानो बच्चा थपिएर ठूली नानीको तनाब ‘डबल ट्रबल’मा भएको विषयलाई उठान गरिएको रिजालले बताए ।
सानो बच्चाको गल्तीमा पनि ठूलोले सहनुपर्ने विषयलाई कथामा समेटेको बाल साहित्यकार आध्याले बताइन् । आध्याका अनुसार पहिले आफ्नो घरमा मात्र भोगेको भन्ने ठानेकोमा सबै घरमा उस्तै हुने आभाष गरेको उनको भनाई छ । चित्रकला शिक्षक योङ पिकासोका संस्थापक अजय देशारले पाँच बर्षअघि चित्र सिक्न आउँदा आध्याले कथाको विषयमा सोध्ने गरेको र पाँच बर्षपछि किताब विमोचन गर्दा आफुले गौरव गरेको बताए । चित्र र कथाको संयोजनसहितको पुस्तक ‘डबल ट्रबल’ सबै बालबालिकाहरुको लागि अनुकरण हुने उल्लेख गरे ।

बाल्यकालका केही भोगाईलाई केही चेतना र कल्पनाका विषयसँग जोडेर सानै उमेरमा साहित्यिक पुस्तक मात्र लखेर त्यसमा चित्रमा समेत प्रतिविम्बित गर्न सक्नु उनको विशेष क्षमता रहेको आध्याकी आमा डा. प्रिति मण्डलले बताइन् । कार्यक्रममा ४ जना बालिकाहरुले पुस्तकको पहिलो अंशलाई नाटक मार्फत अभिनय गरेर देखाएका थिए ।
तस्बीरहरुः राजेश महर्जन (PHOTOKALAYA)







वि.सं.२०८० फागुन २० आइतवार १५:२४



















