पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७९ साउन १६ सोमवार १६:२१
काठमाडौं: पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार पाँच हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
तीन हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र दुई हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ ।
संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।
वि.सं.२०७९ साउन १६ सोमवार १६:२१