कोरोना संक्रमितको संख्या बढ्दै, एकै दिन ११३ जनामा सङ्क्रमण
वि.सं.२०७९ असार २२ बुधवार १८:१९
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन ११३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा २ हजार ७ सय २४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् ।
उनका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।
विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ ।
यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जनाको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।
वि.सं.२०७९ असार २२ बुधवार १८:१९