नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु
वि.सं.२०७८ माघ १३ बिहीवार १८:०४
1.7K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८ सय ८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
१५ हजार ७ सय ३६ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय १६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५ सय ७६ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १८:०४




















