Rajshow Bivag

नेपाल मेडिसिटी अस्पतालले चारदिने प्रशिक्षण कार्यक्रम संचालन

Departmant of helth services

काठमाडौं:  नेपाल मेडिसिटी अस्पतालले चारदिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । अस्पतालले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।

 

अस्पतालले गत साउन १८ गतेदेखि २१ गतेसम्म आयोजना गरेको बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चारदिने प्रशिक्षण कार्यक्रममा नर्सहरुले सहभागिता जनाएका छन् ।

 

बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसीयू सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्यूनीकरण, बिरामी सुरक्षा तथा गुणस्तरीय उपचार, स्तनपानबारेजनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो । अस्पतालमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका छन् ।

 

नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गर्नुभएको प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा  बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्नता रहेको थियो।

 

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनै पनि आपतकालीन अवस्थामा बालबालिकाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ। उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन्।

 

नेपाल सरकारले तेस्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्नेबारे सुसूचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिति आइहाले तयारी अवस्थामा रहन सहयोग पुर्याउने आशा राखिएको अस्पतालले जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

सामाजिक सुरक्षाकोषमा सहभागी हुनुपर्ने बाध्यता तत्काल नपर्ने

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...