YouTube Link

नेपाल मेडिसिटी अस्पतालले चारदिने प्रशिक्षण कार्यक्रम संचालन

Facebook Link

काठमाडौं:  नेपाल मेडिसिटी अस्पतालले चारदिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । अस्पतालले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।

 

अस्पतालले गत साउन १८ गतेदेखि २१ गतेसम्म आयोजना गरेको बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चारदिने प्रशिक्षण कार्यक्रममा नर्सहरुले सहभागिता जनाएका छन् ।

 

बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसीयू सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्यूनीकरण, बिरामी सुरक्षा तथा गुणस्तरीय उपचार, स्तनपानबारेजनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो । अस्पतालमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका छन् ।

 

नेपाल मेडिसिटी अस्पतालको बालरोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशुरोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले नेतृत्व गर्नुभएको प्रशिक्षण कार्यक्रममा गुणस्तर तथा  बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्नता रहेको थियो।

 

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागी नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनै पनि आपतकालीन अवस्थामा बालबालिकाहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ। उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन्।

 

नेपाल सरकारले तेस्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्नेबारे सुसूचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिति आइहाले तयारी अवस्थामा रहन सहयोग पुर्याउने आशा राखिएको अस्पतालले जनाएको छ।

 

यो पनी पढ्नुहोस् :

सामाजिक सुरक्षाकोषमा सहभागी हुनुपर्ने बाध्यता तत्काल नपर्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...