अमेरिकाले एक महिनाका लागि लगायो बेलायत बाहेकका युरोपेली देशका यात्रामा प्रतिबन्ध
वि.सं.२०७६ फागुन २९ बिहीवार ०८:४४
1.5K
shares
एजेन्सीः कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत बाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् ।
एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने छ । कोरोना भाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकार सबै शक्ति प्रयोग गर्नका लागि तयार छ । यसअघि ट्रम्पले ट्वीटरमार्फत् भनेका थिए । अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय ३५ पुगेको छ । भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ ।
वि.सं.२०७६ फागुन २९ बिहीवार ०८:४४




















