YouTube Link

भारतमा भेटियो तीन हजार टनको सुन खानी

Facebook Link

एजेन्सी : भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकामा सुन खानी भेटिएको छ । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेपछि त्यहाँका नागरिक खुशी भएका छन् । उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको छ । यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो ।

रिपोर्ट अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी भेटिएको हो । जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ । भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ । तर यो सुन खानी भेटिएपछि अब भारत विश्‍वकै दोस्रो धेरै सुन भएको देशमा हुनेछ । जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ । अमेरिकासँग ८,१३३.५ टन सुन छ । जर्मनीसँग ३,३६६ टन रहेको छ । तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २,८१४ टन सुन छ । त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ ।

उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ। समाचार अनुसार हरदी गाउँ, महुली गाउँसमेत एक दर्जन गाउँबासी रोजगार मिल्ने कुरालाई लिएर उत्साहित छन् । सोनभद्रको सुनले भारत सरकारसँग रहेको सुनको भण्डारमा पाँच गुणा वृद्धि हुनेछ । उत्तर प्रदेश सरकारले सुन र युरेनियम भण्डाको पुष्टि भएपछि पहाडको लिलामी प्रक्रिया अघि बढाउनेछ । सोनभद्र जिल्लाको सोन पहाडमा सुनको भण्डारका साथै पहाडमुनि युरेनियमको विशाल खानी पनि रहेको अनुमान गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...