YouTube Link

अमेरिका र चीनबीच पहिलो चरणको व्यापार सम्झौतापत्रमा हस्ताक्षर

Facebook Link

एजेन्सी: अमेरिका र चीनबीच पहिलो चरणको व्यापार सम्झौतामा सहमति भएको छ । दुई देशबीच पछिल्लो १७ महिनादेखि चलेको व्यापार युद्ध तत्काललाई रोकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता सहमतिमा चीनसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौताको शर्तमा एक सय ६० अर्ब डलरको चिनियाँ सामानमा १५ डिसेम्बरदेखि लाग्ने भनिएको अमेरिकी कर टरेको छ । समाचार अनुसार अमेरिकाले घरेलु विद्युतीय सामाग्री र खेलौनामा अतिरिक्त कर लगाउन लागेको थियो । यो सहमतिपछि चीनबाट आइरहेका सामानमा लगाइएको अतरिक्त शुल्कमा ५० प्रतिशत कटौती गरिएको छ ।

सहमति अनुसार चीनले सन् २०२० मा अमेरिकाबाट ५० अर्ब अमेरिकी डलरको कृषि उत्पादन र अन्य वस्तु किन्ने भएको छ । व्यापार युद्धका क्रममा चीनले अमेरिकाबाट कृषि उत्पादन किन्न बन्द गरेको थियो । व्यापार युद्धका कारण दुवै देशको अर्थव्यवस्थामा ठूलो असर भइरहेको थियो । सेयर बाजारमा समेत विश्वका प्रमुख २ अर्थव्यवस्थाबीचको यो सम्झौताको समाचारले दुनियाँभरका सेयर बाजारमा उतारचढाव आएको छ । व्यापार युद्धका कारण विश्वभरका सेयर बजारमा समेत ठूलो घाटा भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...