YouTube Link

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

Facebook Link

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ । आइतबार बिहान सबेरै सीमावर्ती क्षेत्रमा गरिएको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको मानवअधिकार संगठनले जनाएको छ । अफगान अधिकारीका अनुसार आक्रमणमा एकै परिवारका सबै १३ सदस्य पुरिएका छन् । जसमध्ये चारजनाको ज्यान गइसकेको छ ।

 

अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सातवटा क्याम्प र ठेगानालाई निशाना बनाएको दाबी गरेको छ । पाकिस्तान सरकारले हालै भएका आत्मघाती हमलाको जवाफस्वरूप ‘इन्टेलिजेन्स बेस्ड अपरेसन’ सञ्चालन गरिएको जनाएको छ । सूचना तथा प्रसारण मन्त्रालयले अफगान भूमिबाट सञ्चालित सञ्जालले पाकिस्तानमा आक्रमण गराएको पुख्ता प्रमाण रहेको दाबी गरेको छ ।

 

टोलोन्यूजका अनुसार नांगरहार प्रान्तमा एउटा घरमा आक्रमण हुँदा एकै परिवारका २३ जना भग्नावशेषमा पुरिएका थिए । हालसम्म चार जनालाई मात्र बाहिर निकालिएको छ । आक्रमणका बेला यो परिवार सुतिरहेको थियो । अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेशनका अनुसार यो घटनामा १६ जनाको मृत्यु भएको छ, जसमा महिला र बालबालिका पनि छन्। यद्यपि आधिकारिक तथ्यांक अझै सार्वजनिक भएको छैन ।

 

अफगानिस्तानको चेतावनी

अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानलाई ‘उचित समयमा कडा जवाफ दिने’ चेतावनी दिएको छ । मन्त्रालयले यसलाई अफगान सार्वभौमिकताको उल्लंघन भनेको छ । अफगान अधिकारीका अनुसार पक्तिका प्रान्तमा एक धार्मिक विद्यालयमा ड्रोन आक्रमण भएको थियो । उता नांगरहारमा पनि आक्रमण गरिएको छ ।

 

पाकिस्तानको दाबी र माग

पाकिस्तानले आतंकवादी ठेगानामा मात्र आक्रमण गरिएको बताएको छ । इस्लामाबादले लामो समयदेखि तालिबान सरकारसँग अफगान भूमिलाई कुनै पनि आतंकी समूहले प्रयोग गर्न नदिन माग गर्दै आएको छ । पाकिस्तानले टीटीपी अफगानिस्तानबाट सञ्चालन भइरहेको आरोप लगाएको छ, तर तालिबानले यसलाई अस्वीकार गर्दै आएको छ ।

 

पाकिस्तानले सन् २०२० मा अमेरिका र तालिबानबीच कतारको दोहामा भएको दोहा सम्झौता अनुसार तालिबानमाथि अन्तर्राष्ट्रिय समुदायले दबाब दिनुपर्ने माग गरेको छ । उक्त सम्झौता २९ फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो, जसले अमेरिकी फौज फिर्ता गर्ने मार्ग प्रशस्त गरेको थियो । त्यसपछि सन् २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले काबुल नियन्त्रणमा लिएको थियो ।

 

पछिल्ला हमलापछि तनाव

एयरस्ट्राइकअघि खैबर पख्तूनख्वाको बन्नू जिल्लामा सुरक्षा गस्तीमाथि आत्मघाती हमला हुँदा दुई सैनिक, जसमा एक लेफ्टिनेन्ट कर्नेल पनि थिए, मारिएका थिए । १६ फेब्रुअरीमा बाजौरमा विस्फोटकले भरिएको गाडी सुरक्षा चौकीमा ठोक्किँदा ११ सैनिक र एक बालकको ज्यान गएको थियो ।

 

यसअघि इस्लामाबादस्थित एक शिया मस्जिदमा जुमाको नमाजका बेला भएको आत्मघाती आक्रमणमा ३१ जनाको मृत्यु र १६९ जना घाइते भएको डनले जनाएको थियो । उक्त हमलाको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।

 

टीटीपी : पाकिस्तानका लागि ठूलो खतरा

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि टीटीपीले पाकिस्तानी सुरक्षाबलविरुद्ध गुरिल्ला युद्ध तीव्र पारेको छ । पाकिस्तानले टीटीपीका लडाकुहरू अफगानिस्तानमा तालिम लिएर सीमा पार गरी आक्रमण गर्दै आएको आरोप लगाएको छ । तालिबानले भने टीटीपी लाई समर्थन नगरेको दाबी गर्दै आएको छ ।

 

सन् २००७ मा बैतुल्लाह मेहसूदको नेतृत्वमा टीटीपी गठन भएको थियो । यसको उद्देश्य पाकिस्तानी राज्यविरुद्ध लड्नु र शरिया कानुन लागू गर्नु रहेको बताइन्छ । पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडीजका अनुसार पछिल्ला वर्षमा पाकिस्तानमा आतंकवादी आक्रमण उल्लेख्य रूपमा बढेका छन्, जसका लागि टीटीपी लाई मुख्य कारण मानिएको छ । अक्टोबरमा सीमा क्षेत्रमा भएका झडपपछि दुवै देशबीच तनाव चर्किएको छ । कतारको मध्यस्थतामा अस्थायी युद्धविराम भए पनि स्थायी सहमति हुन सकेको छैन ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...