YouTube Link

भारतीय ८ पूर्वनौसैनिकलाई कतारमा मृत्यु दण्डको फैसला, मृत्यु दण्डको फैसलाले हामी स्तब्ध भएका छौँ: विदेश मन्त्रालय

Facebook Link

एजेन्सीः कतार अदालतले ८ जना भारतीय नागरिकलाई मृत्यु दण्ड हुने फैसला सुनाएको छ । कतारको दोहामा पक्राउ परेका पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो ।

भारतको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयले कतारी अदालतको फैसलाबाट स्तब्ध भएको जनाएको छ । ‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका ८ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा मृत्यु दण्डको फैसला सुनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृत्यु दण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतिक्षामा छौँ ।’

आफ्ना नागरिकलाई मृत्यु दण्ड दिने कतारी अदालतको फैसलालाई उच्च महत्त्व दिने भन्दै भारतले सबैका परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गरिने जनाएको छ । ‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।’

मृत्यु दण्डको सजाय सुनाइएका ८ भारतीय सन् २०२२ को अक्टोबरदेखि कतारमा कार्यरत थिए । उनीहरुमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...