Rajshow Bivag

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

Departmant of helth services

 

एजेन्सीः चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

 

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२:१० उनको मृत्यु भएको हो ।

 

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्वमा उदाएका थिए । सीले आफु राष्ट्रपति भएसँगै लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिए । सी दुई कार्यकाल राष्ट्रपति रहँदा ली पनि दुई कार्यकाल नै प्रधानमन्त्री रहे । यस हिसावले ली सन् २०१३ मार्चदेखि २०२३ को मार्चसम्म १० वर्ष चीनको प्रधानमन्त्री रहे ।

 

सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भयो। ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट विदा भए । पार्टीको शक्तिशाली स्थायी समितिमा सीपछि दोस्रो नम्बरमा आएका ली चिङ प्रधानमन्त्री बने ।

 

ली पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिन्थे । दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले नीजि क्षेत्रको अर्थतन्त्र प्रवद्र्धन र विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेले । कोभिड महामारीले सिर्जना गरेको आर्थिक अस्तव्यस्तता र विश्वको नम्बर एक अर्थतन्त्र अमेरिकासँगको व्यापार तनाव लीले आफ्नो कार्यकालमा झेलेका ठूलठूला संकट थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...