अमेरिकामा भारतलाई दिएको ड्युटी फ्रि सुविधा बन्द हुँदै
वि.सं.२०७६ जेठ २० सोमवार ०८:०६
1.4K
sharesएजेन्सी: अमेरिकाले भारतलाई व्यापारमा दिँदै आएको ड्युटी फ्री सुविधा बुधबारदेखि अन्त्य गर्ने भएको छ ।
अमेरिकाको सो सुविधा अन्तर्गत भारतले आफ्ना सामान अमेरिका प्रवेश गराउँदा सहुलियत पाउँदै आएको थियो । गएको मार्च महिनामा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुराको घोषणा गरेका हुन् । भारतलाई दिँदै आएको सुविद्या रोकिने बताएका थिए ।
तर, कहिलेबाट भन्नेबारेमा त्यतिबेला मिति तोकिएको थिएन । अमेरिकाले भारतका तर्फबाट आफूलाई त्यही अनुसारको सुविद्या नदिइएको बताउँदै आएको छ ।
वि.सं.२०७६ जेठ २० सोमवार ०८:०६