YouTube Link

एनसेलको फोरजी अब देशको एक हजार बढी स्थानमा

World Cup 2026
Facebook Link

काठमाडौं: एनसेलले नवीन प्रविधि भित्र्याइ त्यसको लाभ ग्राहकलाई प्रदान गर्ने प्रतिवद्धताबमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानमा फोरजी सेवा पुर्‍याएको छ ।

एनसेलले आइतबार फोरजी सेवा देशका सातै प्रदेशका एक हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीको पहुँचमा पुगेको घोषणा गरेको छ । अब प्रायः सबै सहर र सहरी क्षेत्रभन्दा बाहिर रहेका ग्राहकले पनि द्रूत गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरबाट फाइदा लिन सक्नेछन् ।

‘हाम्रा प्रिय ग्राहकलाई द्रूत गतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, सहरी क्षेत्रभन्दा बाहिरका स्थानसमेत समेट्दै सफलतापूर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रूपमा विस्तार गर्ने कार्य भइरहेको घोषणा गर्न पाउँदा निकै हर्षित छौं’, एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा विश्वस्त रहेको उनको भनाइ छ। यो ब्रोडब्यान्ड पूर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडब्यान्ड नीतिअनुरूप रहेको उनले जानकारी दिए ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्ट पेड ग्राहकले दू्रत गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् । दुई वर्षअघि एनसेलले फोरजी सेवा काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो । यो सेवा अब विराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलंगवा र धनकुटालगायत एक हजारभन्दा बढी स्थानमा उपलब्ध छ । सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेक ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई एक रुपैयाँ तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...