YouTube Link

रुसमा विस्फोटक पदार्थ बनाउने एक कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते

Facebook Link

एजेन्सी: रुसमा शक्तिशाली विस्फोटक पदार्थ बनाउने एक कारखानामा विस्फोट हुँदा कम्तिमा ७९ जना घाइते भएका छन् । जसिङ्क शहरमा रहेको कारखानामा भएको विस्फोटबाट आसपासका १ सय ८० घरमा समेत क्षति पुगेको छ ।

विस्फोटमा घाइतेमध्ये ३८ जना मजदुर र ४१ जना सर्वसाधारण भएको बताइएको छ । रुसी सेनाका लागि आवश्यक विस्फोट पदार्थ उत्पादन गर्ने यो कारखानामा एक्कासी विस्फोट भएको हो । विस्फोटबाट क्रिस्टल रिसर्च इन्स्टिच्युट पुरै ध्वस्त भएको छ । विस्फोटको समयमा पाँच जना कारखानाभित्रै रहेको भए पनि उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

विस्फोटमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । शक्तिशाली विस्फोट भएपछि कारखाना रहेको भवनका सीसा र धातुले लागेर धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटपछि त्यस क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । स्थानीय स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कारखानामा विस्फोटपछि एक सय वर्गमिटरमा आगो लागेको बताएका छन् । यही शहरमा गत अप्रिलमा भएको एक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...