Texas College
YouTube Link

लेवनानमा दवावमूलक राष्ट्रव्यापी हडताल

Facebook Link

एजेन्सी: लेवनानमा राष्ट्रव्यापी हडतालको आयोजना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् २०१९ को बजेटले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कामदारको तलव कटौति गर्ने चर्चापछि दवाबमा राष्ट्रव्यापी हडतालको आयोजना गरिएको जनाईएको छ ।

लेवनानी जनता, देशभरका नीजि विद्यालयमा कार्यरत शिक्षक, नगरपालिकाका कर्मचारी, सार्वजनिक क्षेत्रका कर्मचारी, नगर प्रशासन, बन्दरगाह प्रशासन लगायतमा कार्यरत कर्मचारी तथा श्रमिकले तलव कटौति गर्ने सरकारी योजनाको विरोधमा हडताल गरी दवाब दिएका नेशनल न्यूज एजेन्सीले जनाएको छ । यसैबीच, देशभरबाट लेबनानको राजधानी बेरूतमा विरोध प्रदर्शनका लागि सर्यौँको सङ्ख्यामा गाडीहरू जम्मा भएका र हडताल शुरू गरिएको बताईएको छ । उनीहरूले सरकारले सार्वजनिक सम्बोधनमार्फत् तलव कटौति नगर्ने प्रतिवद्धता नजनाएसम्म अनिश्चित समयसम्मका लागि हडताल जारी राख्ने बताएका छन् ।

मन्त्री परिषद्मा सन् २०१९ का लागि बजेटको खाकाबारे छलफल चलिरहेका समय हडतालको आह्वान गरिएको हो । प्रदर्शनमा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीका साथै प्रहरी र सेनाको पनि सहभागिता रहेको बताइएको छ । लेबनानको बजेट घाटालाई सम्बोधन गर्न आर्थिकरूपले सङ्कटग्रस्त मुलुकको प्रशासनले तलब कटौति गर्ने योजना ल्याउन लागेको राजनीतिक नेतृत्व, मन्त्री परिषद्का सदस्य तथा सरकारी अधिकारीले जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...