Health Ad
YouTube Link

लेवनानमा दवावमूलक राष्ट्रव्यापी हडताल

Khanepani Dhal
Facebook Link

एजेन्सी: लेवनानमा राष्ट्रव्यापी हडतालको आयोजना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् २०१९ को बजेटले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कामदारको तलव कटौति गर्ने चर्चापछि दवाबमा राष्ट्रव्यापी हडतालको आयोजना गरिएको जनाईएको छ ।

लेवनानी जनता, देशभरका नीजि विद्यालयमा कार्यरत शिक्षक, नगरपालिकाका कर्मचारी, सार्वजनिक क्षेत्रका कर्मचारी, नगर प्रशासन, बन्दरगाह प्रशासन लगायतमा कार्यरत कर्मचारी तथा श्रमिकले तलव कटौति गर्ने सरकारी योजनाको विरोधमा हडताल गरी दवाब दिएका नेशनल न्यूज एजेन्सीले जनाएको छ । यसैबीच, देशभरबाट लेबनानको राजधानी बेरूतमा विरोध प्रदर्शनका लागि सर्यौँको सङ्ख्यामा गाडीहरू जम्मा भएका र हडताल शुरू गरिएको बताईएको छ । उनीहरूले सरकारले सार्वजनिक सम्बोधनमार्फत् तलव कटौति नगर्ने प्रतिवद्धता नजनाएसम्म अनिश्चित समयसम्मका लागि हडताल जारी राख्ने बताएका छन् ।

मन्त्री परिषद्मा सन् २०१९ का लागि बजेटको खाकाबारे छलफल चलिरहेका समय हडतालको आह्वान गरिएको हो । प्रदर्शनमा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीका साथै प्रहरी र सेनाको पनि सहभागिता रहेको बताइएको छ । लेबनानको बजेट घाटालाई सम्बोधन गर्न आर्थिकरूपले सङ्कटग्रस्त मुलुकको प्रशासनले तलब कटौति गर्ने योजना ल्याउन लागेको राजनीतिक नेतृत्व, मन्त्री परिषद्का सदस्य तथा सरकारी अधिकारीले जनाएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

वि.सं.२०८१ चैत १९ मंगलवार १५:५६

काठमाडौं: ईद पर्वका अवसरमा १६६ जना नेपाली बन्दीलाई संयुक्त अरब...

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०४

काठमाडौं: नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...