अफगानिस्तानको घाज्नी प्रान्तमा सुरक्षाकर्मीसँगको भिडन्तमा १२ तालिबानी लडाकूको मृत्यु
वि.सं.२०७६ जेठ १ बुधवार ०७:०५
1.8K
shares
एजेन्सी: अफगानिस्तानको घाज्नी प्रान्तमा तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।
यसैगरी यस झडपमा परी नौ तालिबान लडाकू घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो । सो आक्रमणको सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा परी १२ लिबान लडाकू मारिएका जनाइएको छ ।
गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ ।
वि.सं.२०७६ जेठ १ बुधवार ०७:०५




















