भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०९:४३
1.8K
shares
एजेन्सीः भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
अस्पतालको आईसीयूमा भर्ना भएका १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीमा घाइते भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ ।
दुई दिनअघि मात्रै महाराष्ट्रको नासिकमा रहेको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ जना बिरामीको ज्यान गएको थियो ।
भारतमा अहिले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीमा अक्सिजनको अभाव हुन थालेको छ ।
दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको सान्थाक्रामा भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०९:४३




















