YouTube Link

अचानक चार्ल्स शोभराजका अन्तर्वार्ता जब विदेशी सञ्चारमाध्यममा आएपछि

World Cup 2026
Facebook Link

काठमाडौं: केन्द्रीय कारागारमा रहेका कुख्यात् अपराधी चार्ल्स शोभराजका अन्तर्वार्ता बेलायती अखबारमा आएपछि कारागार व्यवस्थापन विभाग आश्चर्य चकितमा परेको छ ।

 

हत्या कसुरमा २० वर्षदेखि जेल जीवन बिताइरहेका शोभराजका अन्तर्वार्ता बेलायती सञ्चारमाध्यम  डेलीमेलसन्डे मिररमा प्रकाशन भएका छन् ।

 

कारागारमा रहेका कसुरदारले सार्वजनिक अभिव्यक्ति दिँदा कारागर प्रशासनको अनुमति लिनुपर्ने हुन्छ ।

 

शोभराजलाई त्यस्तो अनुमति नदिँदा नदिँदै पनि उनको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा आएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यमा परेको हो ।

 

उनको अन्तर्वार्ताका लागि विभागसँग अनुमति मागिएको तर नदिइएको विभागका सूचना अधिकारी देवर्षी सापकोटाले दाबी गरेका छन् ।

 

तर पनि अन्तर्वार्ता आएकाले अब यसबारे छानबिन हुने विभागले जनाएको छ ।

 

सन्डे मिररसँग शोभराजले अब चाँडै आफू रिहा हुन लागेको बताएका छन् ।

 

‘म पूर्णतया निर्दोष छु । अब तीनदेखि चार सातासम्ममा रिहा हुनेछु,’ शोभराजले भनेका छन् ।

 

सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र राष्ट्रसंघीय मानव अधिकार समितिको नीति विपरित भएको उनले दाबी गरेका छन् ।

 

उनले भनेका छन्, ‘सन् २०१० जुलाई २७ मा आयोगको १२ सदस्यीय समितिले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि भएको छ ।’

 

माओवादी केन्द्रले आज सर्वोच्च अदालतमा निवेदन हाल्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...