YouTube Link

अचानक चार्ल्स शोभराजका अन्तर्वार्ता जब विदेशी सञ्चारमाध्यममा आएपछि

Facebook Link

काठमाडौं: केन्द्रीय कारागारमा रहेका कुख्यात् अपराधी चार्ल्स शोभराजका अन्तर्वार्ता बेलायती अखबारमा आएपछि कारागार व्यवस्थापन विभाग आश्चर्य चकितमा परेको छ ।

 

हत्या कसुरमा २० वर्षदेखि जेल जीवन बिताइरहेका शोभराजका अन्तर्वार्ता बेलायती सञ्चारमाध्यम  डेलीमेल र सन्डे मिररमा प्रकाशन भएका छन् ।

 

कारागारमा रहेका कसुरदारले सार्वजनिक अभिव्यक्ति दिँदा कारागर प्रशासनको अनुमति लिनुपर्ने हुन्छ ।

 

शोभराजलाई त्यस्तो अनुमति नदिँदा नदिँदै पनि उनको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा आएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यमा परेको हो ।

 

उनको अन्तर्वार्ताका लागि विभागसँग अनुमति मागिएको तर नदिइएको विभागका सूचना अधिकारी देवर्षी सापकोटाले दाबी गरेका छन् ।

 

तर पनि अन्तर्वार्ता आएकाले अब यसबारे छानबिन हुने विभागले जनाएको छ ।

 

सन्डे मिररसँग शोभराजले अब चाँडै आफू रिहा हुन लागेको बताएका छन् ।

 

‘म पूर्णतया निर्दोष छु । अब तीनदेखि चार सातासम्ममा रिहा हुनेछु,’ शोभराजले भनेका छन् ।

 

सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र राष्ट्रसंघीय मानव अधिकार समितिको नीति विपरित भएको उनले दाबी गरेका छन् ।

 

उनले भनेका छन्, ‘सन् २०१० जुलाई २७ मा आयोगको १२ सदस्यीय समितिले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि भएको छ ।’

 

माओवादी केन्द्रले आज सर्वोच्च अदालतमा निवेदन हाल्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...