विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १५ लाख बढि
वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:४८
1.6K
shares
एजेन्सीः विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । साथै पछिल्लो २४ घन्टामा थप १२ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ११ हजार १ सय १ पुगेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मात्रै २ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै ब्राजिलमा १ लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने भारतमा एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वभर कोरोनाका कारण ६ करोड ५५ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ४ करोड ५३ लाखभन्दा बढी कोरोना संक्रमण मुक्त भएका छन् ।
वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:४८



















