युरोपियन युनियनद्वारा टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी
वि.सं.२०७७ भदौ १३ शनिवार १८:३२
एजेन्सीः युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
भू-मध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएको हो ।
साइप्रस टापु नजिकै समुद्री सिमाना र ग्यास उत्खनन्को विवादले ग्रीस र टर्कीबीच लामो समयदेखि चल्दै आएको विवाद तत्काल समाधान गर्न युरोपियन युनियनले चेतावनी दिएको हो ।
उर्जा स्रोतमा टर्कीले गरेको दावी गलत भएको युरोपियन युनियनले जनाएको छ । तर टर्कीले भने युरोपियन युनियनको दावीको खण्डन गरेको छ ।
वि.सं.२०७७ भदौ १३ शनिवार १८:३२