कोरोना कहर: विश्वभरमा ३ लाखभन्दा बढीको मृत्यु, ५१ लाख ९४ हजारभन्दा बढीमा संक्रमण
वि.सं.२०७७ जेठ ९ शुक्रवार ०९:५३
1.5K
shares
एजेन्सीः कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ९४ हजार २ सय १० जना संक्रमित भएका छन् ।
२० लाख ८० हजार ९ सय ६६ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८ सय जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । २७ लाख ७६ हजार १ सय १३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६ सय ४५ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । १८ लाख ४८ हजार ३ सय २२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६ सय ४१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७ सय २ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९ सय ३४ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २६ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २ सय १८ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७ सय ९० जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार १ सय १५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६ सय ८३ जना संक्रमित छन् ।
त्यस्तै अष्ट्रेलिया सहित ओसिनियाका मुलुकहरुमा १ सय २१ जनाको मृत्यु भएको छ । ८ हजार ६ सय ८८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २ सय ६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७ सय ८७ जना संक्रमित भएका छन् ।
यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५ सय ५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार ०९:५३



















