ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा
वि.सं.२०७६ फागुन ३ शनिवार ११:२०
1.2K
shares
खोटाङ: ग्लोबल आइएमई बैंकले खोटाङ शाखा औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरे ।
कार्यक्रममा मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीलगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे ।
बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने बताए । उनले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताए ।
वि.सं.२०७६ फागुन ३ शनिवार ११:२०




















