YouTube Link

प्राइम बैंकको खुद नाफा १ सय ३० करोड पुग्यो

Facebook Link

काठमाडौं: प्राइम कमर्सियल बैंकको नाफा १ सय ३० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा १ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा कमाएको हो । प्राइमको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा २२.६२ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा १ अर्ब ६ करोड थियो ।

बैङ्कले पुस मसान्तसम्ममा ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ३ अर्ब र ९ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैंकको निक्षेप करिब ७७ अर्ब र कर्जा ७२ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष ३ अर्ब १९ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब ६९ करोड रुपैयाँले बढी हो । बैंकले आफ्नो चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको देखाएको छ तर यो घोषित १६ प्रतिशत बोनस समायोजन हुनुभन्दा अघिको अवस्था हो । बैङ्कसँग अघिल्लो वर्षको नबाँडिएको नाफा २ अर्ब ४६ करोड रहेको छ । यही कोषबाट प्रस्तावित लाभांश वितरण हुनेछ ।

बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानीमा उल्लेख्य र ब्याज खर्चमा सामान्य वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ८१ करोडबाट बढेर ५ अर्ब ४८ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ४ करोडबाट ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । ६ महिनामा बैंकको कर्मचारी खर्च अघिल्लो वर्ष ३५ करोड ५२ लाख रहेकोमा यो वर्ष ४८ करोड ९६ लाख रुपैयाँ पुगेको हो । अन्य सञ्चालन खर्च करिब १३ करोड बढेर १८ करोड पुगेको छ ।

पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात १३.२३ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई १.५८ प्रतिशतबाट १.४५ प्रतिशतमा पुगेको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेटमा पनि सामान्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फण्ड ७.६५ प्रतिशत र बेसरेट ९.४५ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ८.२९ प्रतिशत बेसरेट १०.१७ प्रतिशत थियो । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ४.३३ प्रतिशत छ । यो अनुपात राष्ट्र बैंकले तोकेको ४.४० प्रतिशतको सीमाभित्र हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...