रेमिट्यान्समा अबदेखि एक लाखभन्दा बढी नगदमा भूक्तानी दिन नपाइने
वि.सं.२०७६ पुस १८ शुक्रवार १३:४०
1.9K
shares
काठमाडौः विदेशमा रहेका नेपालीहरुले रकम नेपाल पठाउँदा अब बैंक तथा रेमिट्यान्स कम्पनीहरुले एक लाखभन्दा बढी भूक्तानी नगदमा गर्न नपाउने भएका छन् । राष्ट्र बैंकद्धारा जारी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ अनुसार विद्युतिय माध्यम द्धारा वैदेशिक रेमिट्यान्सको भूक्तानी गर्दा एक लाख माथिको रकम नगदमा भुक्तानी गर्न नपाउने व्यवस्था गरेको हो ।
अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तिय संस्थान तथा एजेन्टहरुले एक लाखमाथिको कारोबारमा अनिवार्य बैंक खाता वा चेक प्रयोग गर्नु पर्नेछ । त्यस्तै, विदेशमा रहेका नेपालीहरुबाट जम्मा भएको रकम सम्बन्धीत पक्षलाई भुक्तानी गर्दा ग्राहक पहिचन नम्बर(कोर्ड नं), नाम, ठेगाना, रकम र सम्पर्क नम्बर यकिन गरेर मात्र भुक्तानी गर्न निर्देश गरेको छ । यसै व्यवस्था अनुसार आन्तरिक विप्रेषको कारोबार कम्पनीले अनिवार्य रुपमा कम्पनीको विप्रेष सिस्टम प्रयोग गर्नुपर्ने र प्रति व्यक्ति एक दिनमा एक लाखभन्दा बढी कारोबार गर्न नपाइने व्यवस्था गरेको छ ।
वि.सं.२०७६ पुस १८ शुक्रवार १३:४०




















