YouTube Link

कुशल व्यवस्थापनका कारण अघि बढ्दै साल्ट ट्रेडिङ कर्पोरेशन

Facebook Link

काठमाडौं: आयोडिन युक्त नुनको कारोबार गर्न वि.सं. २०२० सालमा प्राईभेट पब्लीक पार्टनरसीपमा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयक्रमसँगै आफ्नो सेवालाई पनि विस्तार गर्दै आईरहेको छ ।

 

अन्य संस्थानहरु धरासायी बन्दै गईरहेको अवस्थामा पनि कुशल व्यवस्थापनका कारण साल्ट ट्रेडिङ कर्पोरेशनले भने अझ सफलताको उचाई लिईरहेको छ । केहि माफिया र कालोबजारीयाहरुले यसलाई सिध्याएर आफ्नो स्वार्थ पुरा गर्न अनेकन तिकडमका साथ लागि परेपनि उनीहरुको प्रयास सफल हुन सकेको छैन ।

 

साल्ट ट्रेडिङले मुलुकका दुर्गम भेगका जनतालाई अयोडिन युक्त नुन सुपथ मूल्यमा सर्वसुलभ रुपमा उपलब्ध गराईरहेको छ । यसका साथै कर्पोरेशनले समय अनुकुल आफ्नो क्षेत्र र सेवाहरु विस्तार गरि नुन, चिनि, दाल, चामल, घ्यु, तेल, गेडागुडी, मैदा पिठो जस्ता दैनिक उपभोग्य वस्तुहरुको समेत सुपथ मुल्यमा विक्री वितरण गर्दै आईरहेको छ ।

 

कर्पोरेशनले सिमेन्ट, कोईलन, कागज, लुब्रिकेन्ट, ट्रयाक्टर लगाएत मेशिनरी सामाग्रीहरुको समेत आयात गरि विक्रिवितरण गरिरहेकोछ ।  साथै कर्पोरेशनले एस टिसी ग्याँसको पनि बिक्रि वितरण गरिरहेको छ । कर्पोरेशनको लगानी रहेको धादिङको थाक्रे गाउँपालिका स्थित अत्याधुनिक काठमाडौ मेट्रो ग्याँस उद्योगले दुई लाख ३२ हजार सिलिण्डर बजारमा पठाउँदै आएको छ ।

 

उद्योगको प्रतिमिनेट १२ वटा सिलिण्डर भर्ने क्षमता रहेको छ । मुलुक भरका ९३ वटा  शाखा कार्यालयहरु सञ्चालन गरि सेवा सुविधा उपलब्ध गराईरहेको  यस कर्पोरेशनले आफ्नो सेवा र व्यापारलाई समय अनुकुल विविधिकरण गरी कृषि विकास केन्द्रहरु मार्फत कृषकहरुलाई उन्नत विउविजन, कृषि औजार मल बित्रिल गर्न थालेको छ । जसले कृषि उत्पादनमा बृद्धि, खाद्यान्न आयात प्रतिस्थापन, कृषि विकास, बालि बिबिधिकरण गर्नुका साथै रोजगारीको सिर्जनाम गरेको कर्पोरेशनले निकट भविष्यमा स्थानीय फलफुल तथा तरकारी समेत निर्यात गर्ने योजना  रहेको बताएको छ । भारतमा भन्दा सुलभ मुल्यमा देशभर आयोडिन युक्त नुन उपलब्ध भएपछि आयोडिनको कमिले हुने रोग हराएको छ ।

 

सरकारले गत भदौमा कोटा निर्धारण गरि बार्षिक एकलाख मेट्रिक टन मात्र चिनि आयात गर्ने निर्णय गरेका कारण पाँच महिना विरगंजको सुख्खा बन्दरगाहामा अड्किएको कर्पोरेशनले भारतबाट आयात गरेको १० हजार मेट्रिक टन चिनि मध्य दुईहजार पाँचसय मेट्रिक टन चिनि हालै भन्सार छुटाएर बिक्रि वितरण गरिरहेको छ । बाँकि चिनि अझै भन्सारमै थन्किरहेको छ । यसका साथै २०७२ सालको भुकम्पको बेलामा सरकारको निर्देशनमा  करोडौं मुल्यको जस्तापाता खरिद गरेर विरगंजको गोदाममा राखेको तर सरकारले हाल सम्म पनि  खरिद नगर्दा कर्पोरेशनालाई पाँच करोड भन्दा बढी गोदाम भाडका साथै जस्ता पाताको करोडौं रुपैया नोक्सान भएको छ ।

 

सरकारकै निर्देशनमा जस्ता पाता खरिद यरेकोले त्यसको रकम र गोदाम भाडा कर्पोरेशनलाई भुक्तानि गर्न उद्योग बाणिज्य तथगा आपुर्ति मन्त्रालयले अर्थ मन्त्रालयमा तकेता  गरेपनि अर्थका अधिकारीहरुले भुक्तानि दिन आनाकानी गरिरहेको बुझिएको छ ।  यदि अर्थले उक्त रकम भुक्तानि नदिएमा सफलताको उचाई चुम्दै गईरहेको साल्ट ट्रेडिङ कर्पोरेशनलाई ठुलो नोक्सानी हुनेछ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...