YouTube Link

आइटेल ब्राण्डको स्मार्टफोन पी-५५ नेपाली बजारमा आयो, ब्यवसायीलाई १० प्रतिशत मार्जिन

Facebook Link

 

काठमाडौं: मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी-५५ को बिहीबारबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

 

संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बिहिबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका हुन । सुवेदीले सो स्मार्ट फोन लन्च गर्दै सरकारले आगामी दशकलाई आइटी दशकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताए ।

 

उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेकाले सरकारको फोकस अहिले मोबाइल नेटवर्कका लागि `हाइ वे´ कभरेजमा केन्द्रित रहेको बताए । `चाहे खोला खोल्सी होस, डाँडा पाखा, जंगल सबै तिर सेवाको कभरेज हुनुपर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रीत छ,´ सुवेदीले भने । सुवेदीले मोबाइलको दोस्रो पटकको बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) लाई समेत कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए । त्यसले देशको पैसा देशमा नै रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

 

नयाँ लन्च भएको मोडल पी-५५ मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १२८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १२८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । जसको खुद्रा मूल्य क्रमश १२ हजार ४९० र १४ हजार ९९० तोकिएको छ । आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलव ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।

 

ग्राहकको उचित मुल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।

 

 

ब्यवसायीलाई १० प्रतिशत मार्जिन

आइटेलले मोबाइल ब्यवसायमा आबद्ध खुद्रा ब्यवसायीलाई आइटेलका कुनै पनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिने गरि सम्झौता गरेको छ । नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत संतोष भण्डारीले मार्जिन सम्बन्धि लिखित रुपमा नै दुई पक्षिय सम्झौता गरेका हुन । भण्डारीले अबदेखि आइटेलका कुनैपनि मोडलका सेटमा ब्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए । मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भट्टराईले ब्यवसायीको मार्जिन बढ्दा त्यसबाट ग्राहकलाई भार नपार्ने गरि सम्झौता भएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...