YouTube Link

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

Facebook Link

 

काठमाडौं: कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घटाएर प्रकाशित गरेका हुन् ।

 

कात्तिक महिनाका लागि १४ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने दुई वटा बैंकले ब्याजदर बढाएका छन् । यस्तै चार वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ब्याजदर यथावत राख्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । यी बैंकहरुले असोज महिनाका लागि तोकिएको  ब्याजदर कायम राख्ने भएका हुन् । तर, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।

 

एनएमबि बैंकले कात्तिकका लागि १.०१३ प्रतिशत ब्याजदर बढाएको छ । यस बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै नेपाल एसबिआई बैंकले ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर पुर्याएको छ ।

 

एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले भने ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि एभरेष्ट बैंकले १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर कायम गरेको छ । साथै  प्राइम कमर्सियल बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत,  नबिल बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

 

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्रभु बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आइमई बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ ।

 

हिमालयन बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत, नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत,   एनआईसी एशिया बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...