Texas College
YouTube Link

‘शिफ्टिङ द पाराडाइम’ मुल नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

Facebook Link

 

काठमाडौं: ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ ।

 

आ.व. २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

 

यहि श्रावण १८ गते देखि २१ गते सम्म  सम्पन्न गरिएको उक्त सम्मेलनमा विभागिय प्रमुख तथा देशभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

 

सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र  मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए ।

 

यस सम्वन्धमा आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सो सम्मेलनमा विचार विमर्श भएको थियो ।

 

सम्मेलनमा सहभागी कर्मचारीहरुलाई नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

 

यसैगरी, मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकरात्मक उर्जाले  तनाव व्यवस्थापन गर्न सकिने विषयमा  प्रशिक्षण दिएका थिए ।

 

आ.व. २०७९/८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

वि.सं.२०८२ फागुन ४ सोमवार १२:४०

  वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:०६

काठमाडौं: कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज...

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:५९

काठमाडौं: सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बन एरिया...

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:५१

काठमाडौं: गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष...

बंगलादेशमा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:३४

एजेन्सीः बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)...