YouTube Link

मर्जरपछि लक्ष्मी र सनराइज बैंकले सुरु गरे एकीकृत कारोबार

Facebook Link

 

काठमाडौं: लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् । यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो ।

 

दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

 

कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक भएका हुन् ।

 

दुई बैंक एक भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेको जानकारी बैंकले दिएको छ । मर्जर पश्चात् बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ ।

 

एकीकृत कारोबार सुरू गर्न डाटा माइग्रेसन लगायतका प्रयोजनका लागि दुबै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा रोकिएको थियो ।

 

हाल लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपयाँ भन्दा बढी छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपयाँ भन्दा बढी छ । दुई बैंक एक भएपछि चुक्तापूँजी २१ अर्ब ६६ करोड रुपयाँ भन्दा बढी भएको छ ।

 

मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था बमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरी एकीकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पुरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...