YouTube Link

मर्जरपछि लक्ष्मी र सनराइज बैंकले सुरु गरे एकीकृत कारोबार

Facebook Link

 

काठमाडौं: लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् । यी दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो ।

 

दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

 

कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो भने नेपाल धितोपत्र बोर्डले समेत असार २५ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ । यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक भएका हुन् ।

 

दुई बैंक एक भई लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेको जानकारी बैंकले दिएको छ । मर्जर पश्चात् बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ ।

 

एकीकृत कारोबार सुरू गर्न डाटा माइग्रेसन लगायतका प्रयोजनका लागि दुबै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा रोकिएको थियो ।

 

हाल लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपयाँ भन्दा बढी छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपयाँ भन्दा बढी छ । दुई बैंक एक भएपछि चुक्तापूँजी २१ अर्ब ६६ करोड रुपयाँ भन्दा बढी भएको छ ।

 

मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था बमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरी एकीकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

यस अघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पुरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...