YouTube Link

सस्तो व्याजमा कर्जा दिँदै सरकारी बैंकहरु

Facebook Link

 

काठमाडौं: बढ्दो बैंक ब्याजदरका कारण यतिखेर वित्तीय क्षेत्र मात्र होइन मुलुकको समग्र अर्थतन्त्र नै प्रभावित छ । तरलता अभावलाई देखाउँदै बैंकहरुले निक्षेपमा नै १३.१३ प्रतिशतसम्म ब्याजदर अफर गरिसकेका छन् ।

 

असोज महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती बचत खातामा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहँदा कर्जाको ब्याजदर बढेर १७–१८ प्रतिशतसम्म पुगेको छ । तरलता अभावकाबीच कस्ट अफ फण्ड (निक्षेपको लागत) लाई देखाउँदै बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएका छन् ।

 

तर, यस्तो जटिलताका बीच पनि केही बैंकहरुले भने निक्षेपको ब्याजदर भन्दा पनि सस्तोमा कर्जा लगानी गरिरहेका छन् । यस्तोमा सरकारको पनि लगानी रहेका तीन बैंक नै अग्रस्थानमा छन् ।

 

सरकारको पनि लगानी भएका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले अन्य निजी बैंकहरुको तुलनामा सस्तो दरमा कर्जा लगानी गरिरहेका छन् । यी बैंकहरुले अहिले पनि १० देखि १३ प्रतिशतको ब्याजदरमा नै कर्जा उपलब्ध गराइरहेका छन् । अझ कृषि विकास बैंकले त आफूले खरिद गर्ने (निक्षेपमा प्रदान गर्ने ब्याजदर) भन्दा पनि सस्तो दरमा कर्जा प्रवाह गरिरहेको छ ।

 

सरकारको पनि लगानी रहेको कृषि विकास बैंकले अधिकतम १३.९ प्रतिशतको ब्याजदरमा नै कर्जा लगानी गर्ने भएको छ । असोज महिनाका लागि अन्य बैंकहरुले जस्तै निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याजदर अफर गरिसकेको कृषि विकास बैंकले कर्जातर्फ अधिकतम १३.९ प्रतिशत मात्र ब्याजदर लिने घोषणा गरेको हो ।

 

बैंकको आधार दर (बेस रेट) ८.९० प्रतिशत छ । सो दरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज तय गर्ने बैंकले जनाएको छ । यसो हुँदा कृषि विकास बैंकको कर्जाको अधिकतम व्याजदर १३.९ प्रतिशत हुन आउँछ ।

 

कृषि उत्पादन, पशु तथा मत्स्य पालन, युवा स्वरोजगार लगायत उत्पादनशील तथा औद्योगिक क्षेत्रमा जाने कर्जाका लागि बेस रेटमा अधिकतम २ देखि ३ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जनाएको बैंकले व्यक्तिगत कर्जा, घर कर्जा, गाडी कर्जा जस्ता हायर पर्चेज कर्जाहरुमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने जनाएको छ । यो गर्दा बैंकको अधिकतम ब्याजदर १३.९ प्रतिशत पुग्ने देखिन्छ । तर, बैंकले निक्षेपमा नै १३.१३ प्रतिशतसम्म खर्च गर्नेछ । हाल कृषि विकास बैंकको बेस रेट ८.९० प्रतिशत र स्प्रेडर रेट ४.३२ प्रतिशत रहेको छ ।

 

सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले आफूले खरिद गर्ने निक्षेपको ब्याजदर भन्दा पनि सस्तोमा कर्जा लगानी गर्ने जनाएको छ । अन्य बैंकले जस्तै असोज महिनाका लागि निक्षेपमा १३.१३ प्रतिशत (रेमिट्यान्स मुद्दती बचत खातामा) ब्याजदर प्रदान गरेको बैंकले कर्जामा अधिकतम १२.८६ प्रतिशत मात्र ब्याजदर लिने जनाएको हो । यद्यपि, चालु पुँजी कर्जा सम्बन्धि धितो कर्जामा भने बेस रेटमा ३.२५ प्रतिशतदेखि ५.५० प्रतिशतले प्रिमियम थपेर १३.३६ प्रतिशत लिन सक्ने बताएको छ । यसो गरेपनि बैंकको निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर करिब करिब समान हुनेछ ।

 

अन्य व्यवसायिक (एसएमईज्) खालका कर्जा, थोक तथा प्रत्यक्ष कर्जा, कृषि कर्जा लगायतमा विविध कर्जामा बैंकले बेस रेटमा २ देखि ५ प्रतिशत प्रिमियम चार्ज गर्ने जनाएको छ ।

 

सरकारको पनि लगानी रहेको नेपाल बैंकले असोज महिनाका लागि न्यूनतम १०.९९ प्रतिशतदेखि अधिकतम १५.४९ प्रतिशतसम्मको ब्याजदरमा कर्जा लगानी गर्ने जनाएको छ । अन्य बैंकहरुले जस्तै मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती बचतमा १३.१३ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कर्जा लगानीमा भने अधिकतम १५.४९ प्रतिशत ब्याजदर लिने भएको हो । बैंकले आफ्नो आधारदर (बेस रेट) मा १ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म प्रिमियम जोड्ने जनाएको छ ।

 

नेपाल बैंकको बेसरेट ९.९० प्रतिशत छ भने स्प्रेड रेट ४.०८ प्रतिशत रहेको छ । अन्य बैंकहरुले भने आफ्नो १० प्रतिशत हारहारीको बेस रेटमा ७.५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याज लिने जनाएका छन् । यसो हुँदा बैंकको ब्याजदर बढेर १७ देखि १८ प्रतिशत पुग्ने देखिन्छ । यसले नयाँ ऋण लिन चाहनेहरुका लागि मात्र नभएर पुरा ऋणीहरुलाई समेत समस्या परेको छ । रातोपाटी

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...