ऋणपत्र निष्कासन गर्नका लागि राष्ट्रिय बाणिज्य बैंकले दियो सेबोनमा निवेदन
वि.सं.२०७९ भदौ २८ मंगलवार १७:२७
3.6K
shares
काठमाडौं: राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले दुई अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षसम्मका लागि वार्षिक १०.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
सेबोनबाट ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृती पाएपछि कुल कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तबरबाट बिक्री गर्नेछ ।
वि.सं.२०७९ भदौ २८ मंगलवार १७:२७




















