कुमारी बैंकद्वारा ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ ऋणपत्र निष्कासन
वि.सं.२०७९ भदौ १७ शुक्रवार ११:४३
3.7K
shares
काठमाडौं: कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ ।
यसैगरी, सर्वसाधारणलाई छुट्याइएको तर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
भदौ २१ गतेसम्म आवेदन दिन पाइने यस ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । ऋणपत्रको बिक्री प्रबन्धक तथा निष्कासकमा नबिल इन्भेष्टमेन्ट रहेको छ ।
वि.सं.२०७९ भदौ १७ शुक्रवार ११:४३




















