YouTube Link

एभरेष्ट बैंकको नाफा ३ अर्ब ८९ करोडभन्दा बढी

Facebook Link

 

काठमाडौं: गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

 

बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी देखिएको हो ।

 

बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३.७७ प्रतिशत बढी भएको हो ।

 

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

 

गत वर्ष बैंकको सञ्चालन नाफा ४२.८२ प्रतिशत बढेको छ । अघिल्लो वर्ष २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष ३ अर्ब ६३ करोड ९६ लाख रूपैयाँभन्दा बढी भएको हो । ५.९७ प्रतिशत बोनस शेयर वितरण गरी बैंकको चुक्तापूँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रूपैयाँ कायम भएको छ ।

 

बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँ र रिटेन्ड अर्निग ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ६५ प्रतिशत बृद्धि भएको हो ।

 

जगेडा कोष रकम भने ०.५९ प्रतिशत कम ९ अर्ब ९ करोड २९ लाख रूपैयाँ रहेको छ ।

 

बैंकले अघिल्लो वर्षभन्दा ७.८१ प्रतिशत बढी १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ भने १३.९३ प्रतिशत बढी १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ०.२४ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २७ रूपैयाँ एक पैसा र प्रतिशेयर नेटवर्थ २४० रूपैयाँ ७३ पैसा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...