YouTube Link

पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढे

Facebook Link

 

काठमाडौं: बीमा समितिले जारी गरेको तथ्यांक अनुसार पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेको देखिएको छ ।

 

गत बैशाख महिनाको तुलनामा जेठ महिनामा सम्पत्ति बीमा गर्नेहरुको संख्या २६ हजारभन्दा बढिले बढेको हो । तथ्यांक अनुसार बैशाखको तुलनामा जेठ महिनामा २६ हजार ८३७ अर्थात ६.७४ प्रतिशत बढिले सम्पत्ति बीमा गरेका हुन् ।

 

गत बैशाख महिनामा ३ लाख ९७ हजार ६६८ जनाले सम्पत्ति बीमा गरेका थिए । जेठ महिनामा आइपुग्दा उक्त संख्या बढेर ४ लाख २४ हजार ५०५ पुगेको छ ।

 

सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेसँगै सम्पत्ति वापत गरिने बीमा शुल्क रकम पनि बढेको छ । बैशाख महिनाको तुलनामा जेठमा महिनामा सम्पत्ति वापत गरिने बीमा शुल्क रकम ९ करोड ७ लाख रुपैयाँ अर्थात १८.२६ प्रतिशतले बढेको हो ।

 

समितिका अनुसार बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ५८ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ४९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

 

सात प्रदेशमा कति बीमा शुल्क आर्जन भयो ?

चालु आवको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट प्रदेश नम्बर १ मा ७ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

अघिल्लो महिनाको तुलनामा यो बीमा शुल्क १२.७१ प्रतिशतले कम हो । गत बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट ४ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा उक्त प्रदेशबाट ४ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क रकम संकलन भएको थियो । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम ७.७० प्रतिशतले कम हो ।

 

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट ३६ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा ३६.३२ प्रतिशत अर्थात ९ करोड ६८ लाख रुपैयाँले बीमा शुल्क बढेको छ । गत बैशाख महिनामा बीमा कम्पनीहरुले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट २६ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

 

गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट २ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क ९.०१ प्रतिशतले कम हो । गत बैशाख महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट बीमाबाट २ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ०.३० प्रतिशत अर्थात २ लाख रुपैयाँले कम हो । गत बैशाखमा कम्पनीहरुले महिनामा ६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा कम्पनीहरुले ४१ लाख रुपैयाँ बीमा शुल्क अर्जान गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम ४.८७ प्रतिशत अर्थात २ लाख रुपैयाँले कम हो ।

 

सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा कम्पनीहरुले १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम ७.४० प्रतिशत अर्थात १० लाख रुपैयाँले बढि हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...