YouTube Link

साढे सात अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा

Facebook Link

 

काठमाडौं: विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् ।

 

नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल सात अर्ब ३९ करोड ६६ लाख ४ सय रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।

 

यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, ६ माइक्रोफाइनान्स र दुईवटा अन्य कम्पनी रहेको बोर्डले जनाएको छ ।

 

बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, चार महिनायता बोर्डको अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन ।

 

सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्य सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रो, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत र इस्टर्न हाइड्रोपावरको प्रारम्भिक समीक्षा भइरहेको बोर्डले जनाएको छ ।

 

यसैगरी डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदनको प्रारम्भिक समीक्षा गरी कम्पनीलाई प्रतिक्रिया पठाइएको बोर्डले जानकारी दिएको छ ।

 

विन्धावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको आवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

 

बोर्डका तथ्यांक अनुसार सबैभन्दा बढी रिलायवल लायफ इन्स्योरेन्सले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति मागेको छ । सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

 

पछिल्लो समय सर्वसाधारणमा सेयरमा लगानी गर्न आकर्षित भएसँगै साधारण सेयरमा उच्च आवेदन हुने गरेको छ । यसैगरी प्रविधिको विकासका कारण घरैबाट समेत आवेदन दिन पाउने भएकाले पनि साधारण सेयरमा उच्च आवेदन पर्ने गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...