कुमारी बैंकका ग्राहकलाई निदान हस्पिटलमा छुट
वि.सं.२०७६ जेठ १३ सोमवार १५:१८
708
sharesकाठमाडौं: स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले आफ्ना ग्राहकलाई कुमारी बैंक लिमिटेड र पुल्चोकस्थित निदान हस्पिटल लिमिटेडबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र निदान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता–पत्र अनुसार निदान हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८९ शाखा सञ्जाल, ८३ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७६ जेठ १३ सोमवार १५:१८