नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार
वि.सं.२०७८ पुस ८ बिहीवार १५:५८
3.2K
shares
काठमाडौं: साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२.५३ अंकले उकालो लागेको छ ।
पछिल्लो समय उच्च अंकले घटबढ भईरहेको सेयरबजार आज पछिल्लो हप्ता उकालो लाग्ने क्रममा छ ।
बिहानैदेखि उत्तारचढावकाबीच उकालो लागेको बजार आज बढेर २ हजार ५ सय २० को विन्दुमा पुगेको छ ।
आज बजारमा २ सय २९ कम्पनीको ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर ५९ हजार ८ पटक विक्री हुँदा कारोबार रकम भने ४ अर्ब ४९ करोड २ लाख ६६ हजार पुगेको छ ।
आज बजार उकालो लाग्दा सबैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागेको छ । आज निर्जीवन बीमा समुहको परिसुचक ३ सय ८१ अंकले उकालो लाग्दा जीवन बीमा समुहको परिसुचक भने २ सय २ अंकले उकालो लागेको छ ।
यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ३.९२ अंकले उकालो लाग्दा उत्पादनमुलक समुहको परिसुचक भने ६४ अंकले उकालो लागेको छ ।
आज विकास बैंक, जलविद्युत र फाईनान्स समुहको परिसुचकमा भने गिरावट आएको छ ।
यस्तै आफ्ना लगानीकर्तालाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हिमालयन डिस्ट्रीलरी लिमिटेडको सेयमूल्य भने आज ओरालो लागेको छ ।
बुधबार लाभांसको प्रस्तावले पोजेटिभ सर्किट लागेर प्रतिकित्ता ७ हजार पुगेको कम्पनीको सेयरमूल्य आज घटेर ६ हजार ८ सयमा झरेको छ ।
आज बजारमा कारोबार भएका कम्पनीमध्ये ९९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ८७ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।
वि.सं.२०७८ पुस ८ बिहीवार १५:५८



















