YouTube Link

युनियन लाइफ इन्स्योरेन्सको सेयर आगामी साता दोस्रो बजारमा

Facebook Link

काठमाडौं:  युनियन लाइफ इन्स्योरेन्सको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा ल्याउने गरी प्रक्रियाहरु द्रुत गतिमा अगाडि बढाइएको छ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भर्खर आईपीओ निष्कासन गरी बाँडफाँड गरिएको हो ।

 

युनियन लाइफ इन्स्योरेन्सले गत असार २४ गतेदेखि असार २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो। आईपीओ बाँडफाँड भने गोलाप्रथाबाट असार ३१ गते गरिएको थियो।

 

आईपीओ निष्कासन गरेको एक साताभित्रै बाँडफाँड गरिएको युनियन लाइफ इन्स्योरेन्सको सेयर आगामी साताभित्रै कारोबारमा ल्याउनका लागि धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। ‘सीडीएससीमा दर्ता गर्ने काम भइरहेको छ’, क्यापिटलका एक अधिकारीले भने , ‘आगामी साताभित्रै नेप्सेमा सूचीकरणको प्रक्रिया पनि सुरु हुन्छ।’

 

क्यापिटलका अनुसार यी सबै प्रक्रिया तीव्रगतिमा सम्पन्न गरी आगामी साताभित्रै युनियन लाइफको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार ल्याउने लक्ष्य राखिएको छ।

 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सबै कागजपत्र पूरा गरेर आएमा २–३ तीन दिनभित्रै नेप्सेले कुनै पनि कम्पनी सेयर सूचीकरण गरिदिने जानकारी दिनु  भएको छ ।

 

यो पनी पढ्नुहोस् :

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच सम्झौता

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...