YouTube Link

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक, नाफा ५८ करोड ९२ लाख भन्दा बढी

Facebook Link

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ ।

 

यो नाफा गत वर्षको यसै अवधिसम्म ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो ।

 

बिहीबार सार्वजनिक बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने ४६ करोड ३२ लाख ५६ हजार रहेको छ ।

 

गत वर्षभन्दा शून्य दशमलव ६१ प्रतिशत बढी ८३ करोड ५५ लाख ३९ हजार सञ्चालन नाफा गरेको बैंकको कुल सञ्चालन आम्दानी १ दशमलव शून्य ३ प्रतिशत बढी ९३ करोड ७२ लाख १ हजार भएको छ ।

 

बैंकले सर्वसाधारणमा गत माघ २ देखि ६ गतेसम्म आईपीओ विक्री गरी माघ १६ गते बाँडफाँट गरेको थियो ।

 

माघ २९ गते बिहीवार धितोपत्र दोस्रो बजारमा २० करोड कित्ता शेयर सूचीकृत गराएको बैंकको फागुन २ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको हो ।

 

संस्थापक तर्फ १२ करोड कित्ता र सर्वसाधारण तर्फ ८ करोड कित्ता गरी बैंकको २० करोड कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको हो ।

 

तेस्रो त्रैमाससम्म बैंकको अन्य विभिन्न कोष सहित जगेडा कोष रकम गत वर्षभन्दा ४५ दशमलव ९२ प्रतिशत बढी २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रहेको छ ।

 

यस अवधिसम्म बैंकले गत वर्षभन्दा २३ दशमलव ७९ प्रतिशत बढी ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको छ ।

 

निषेधाज्ञा उल्लंघन गर्ने १४१७ जना बढी होल्डिङ जोनमा, ३६१ भन्दा बढी सवारी नियन्त्रणमा, ५६ स्थानमा चेकजाँच

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...