Rajshow Bivag

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Departmant of helth services

काठमाडौं: कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरमा ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

 

आज दिउसो १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

 

बिक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८ सय ३५ योग्य आवेदकको हात खाली भएको हो ।

 

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।

 

कुल कित्तामध्य ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि बाँडफाँट पश्चात आम सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरिएको हो ।

 

यस कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाई छ ।

 

कुल आवेदकमध्य ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको समेत क्यापिटलले जानकारी दिएको हो ।

 

कुल आवेदकमध्य १२ लाख ४८ हजार ४८० जनाले शेयर नपाएका हुन ।

 

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

 

हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

 

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रुपैयाँ रहेको छ ।

 

यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार रुपैयाँ छ ।

 

दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ यस कम्पनीको पहिलो कारोबारका लागि १३२ दशमलव ९४ रुपैयाँदेखि ३९८ दशमलव ८२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

 

ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’, अनलाइनमार्फत व्यवसाय प्रवर्द्धन गर्न सकिने
माछापुच्छ्रे बैंकले २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...