दश लाख कर्जा प्रवाह गर्दै एनएमबि बैंक
वि.सं.२०७६ वैशाख २५ बुधवार १५:२६
1.7K
sharesकाठमाडौं: एनएमबि बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम संचालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशकै रोजगारीको अवसर सृजना हुने गरी उद्यम संचालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको हो ।
काठमाडौंमा बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग संचालनका लागि १० लाखसम्म कर्जा प्रवारह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
विदेशमा विभिन्न दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए । बैंकले तत्कालका लागि परियोजना धितोमा १ अरवसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ ।
वि.सं.२०७६ वैशाख २५ बुधवार १५:२६