YouTube Link

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड भएको हो ।

बैंकको आईपीओमा ५० कित्तासम्म माग गर्ने सबै आवेदकले माग गरे बराबार पाएका छन् भने ६० कित्ता वा सा भन्दा बढी माग गर्ने ४ लाख ९२ हजार ७२० आवेदकले २० कित्ता सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा कम्पनीको आईपीओमा ५० कित्तासम्म माग गर्नेले माग गरेअनुसार नै सेयर पाएका छन् भने ६० कित्ता वा सोभन्दा बढी माग ११ लाख बढी आवेदकले गरेकोमा करिब ५ लाख आवेदकले थप १० कित्ता गरी ६० कित्ता सेयर पाएका छन् ।

१० कित्ताका लागि आवेदन दिने ३४ हजार ३० आवेलदकलाई ३ लाख ४० हजार ३०० कित्ता सेयर बाँडफाँड भएको छ । यस्तै २० कित्ता सेयर माग गर्दै आवेदन दिने २९ हजार ८५४ जना आवेदकलाई माग गरेबराबर ५ लाख ९७ हजार ८० कित्ता बाँडफाड भएको छ ।

यस्तै ३० कित्ताका लागि आवेदन दिने २० हजार २४८ आवेदकलाई ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ता माग गर्दै आवेदन गर्ने १६ हजार ९३४ आवेदकलाई ६ लाख ७७ हजार ३६० कित्ता, ५० कित्ता माग गर्दै आवेदन दिने १ लाख ७९ हजार ९३८ आवेदकलाई ८९ लाख ९६ हजार ९०० कित्ता र ६० कित्ता वा सोभन्दा बढीको माग गर्दै आवेदन दिने ११ लाख ९४ हजार ४ जनालाई पनि ५० कित्ताको दरले ५ करोड ९७ लाख २० कित्ता सेयर बाँडफाँड भएको छ ।

बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने ११ लाख ९४ हजार ४ जना आवेदक मध्येबाट ४ गोलाप्रथाले ४ लाख ९२ हजार ७२ जना आवेदकलाई थप १० कित्ताको दरले बाँडफाँड भएको छ ।

बैंकले माघ २ गतेदेखि ८ गतेसम्म ८ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन पनि विभिन्न कारणले आवेदन रद्ध हुँदा १४ लाख ८१ हजार २८४ जना कुल आवेदक संख्या रहेको थियो । जसमध्ये भेरीफाइका क्रममा ६ हजार २७६ आवेदन रद्ध हुँदा १४ लाख ७५ हजार ८ जना आवेदकको आवेदन सदर भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...