प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड
वि.सं.२०७७ पुस १० शुक्रवार १४:१७
1.4K
shares
काठमाडौं: प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ ।
शेयर आवेदन गर्नेहरु मध्य प्रत्येकले १० कित्ताका दरले ५ लाख ४० हजार जनाले पाएका छन् ।
कम्पनीको आईपीओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन गरेकोमा ५ लाख ४० हजारलाई मात्र शेयर परेको हो ।
आवेदन गर्ने मध्य २ हजार १ सय ६९ जनाको आवेदन रद्ध भएको छ ।
सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीको शेयरमा आवेदन गरेका ५ लाख ९ हजार ४७ जनाले भने आईपीओ पाउन सकेनन् । कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।
सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको आईपीओमा कुल १० लाख ५१ हजार ५ सय १६ वटा आवेदनबाट सर्वसाधारणबाट माग गरिएको ५४ लाख कित्ताको ५.१६ गुणा बढी अर्थात २ करोड ७८ लाख ६८ हजार ८ सय ८० कित्ता शेयरको माग परेको थियो ।
वि.सं.२०७७ पुस १० शुक्रवार १४:१७




















