एनएमबि बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सम्झौता
वि.सं.२०७७ पुस ९ बिहीवार १६:२०
1.8K
shares
काडमाडौं: एनएमबि बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि सेवा प्रदायक सेलपेसँग सम्झौता गरेको छ । बैंकका प्रमुख व्यापार र रणनितिक अधिकृत सुदेश उपाध्याय र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलकमद्वारा संचालित सेलपे नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक हो ।
सेलपेलाई भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रहि विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सकिने छ । ग्राहकहरुले सेलपे भुक्तानीसेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्यव्यापारिक भुक्तानी गर्न एनएमबि बैंकले जनाएको छ ।
यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्रगरिने रेमिट्यान्स पठाउन /पाउन, बिमा रकम भुक्तानी, एएमआई भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।
यो पनि पढ्नुहोस् :
मेगा बैंकले सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो कर्जा दिने
वि.सं.२०७७ पुस ९ बिहीवार १६:२०



















